विद्यार्थीको गालामा पन्यु डामेको आरोपमा शिक्षिका पक्राउ
तनहुँ | फागुन १, २०८१
तनहुँको भिमाद बजारमा सञ्चालित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।
शिक्षिका सुष्मा श्रेष्ठलाई कक्षा ४ मा अध्ययनरत ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको आरोपमा फक्राउ परेकी हुन् ।
उनले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै १० वर्षीय प्रमिश परियारसहित ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् ।
३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।
सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

